काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आजै कार्यभार सम्हाल्ने भएका छन् ।
संसदीय सुनुवाई समितिले कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेपछि आजै बेलुका सवा ५ बजे सपथ लिने तय भएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार सपथ सवा ५ बजे राष्ट्रपति कार्यालयमा हुनेछ । त्यसलगत्तै कार्की सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्नेछन् ।
प्रतिक्रिया