Logo

Breaking News 1

कोशी प्रदेशसभाको अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याइने



काठमाडौं । अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशबाट आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । नेकपा माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कोशी प्रदेश सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको हो ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।

संविधानअनुसार असार १ गतेसम्ममा प्रदेशसभामा सरकारले बजेट पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको छ । बुधबार मात्रै सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरिएको थियो ।

त्यसमाथि छलफलसमेत नगराई सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको हो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ८ : ३६ बजे