Logo

Breaking News 1

गठबन्धनलाई सरकारमा बस्ने नैतिक अधिकार छैन : एमाले



काठमाडौं । नेकपा एमालेले गठबन्धनलाई सरकारमा बस्ने नैतिकता नभएको बताएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक पदम गिरीले आफ्नो अयोग्यतालाई बुझेर जवाफ दिन नसके गठबन्धनलाई सरकारमा रहने कुनै अधिकार नभएको बताएका छन् ।

यो गठबन्धन परामदेशी सरकार बनेदेखि देशको अर्थतमन्त्र ओरालो लागेको बताए। उनले गठबन्धन जनताको लागि नभएर विचौलीयाको लागि मात्रै बनेको जिकिर गरे ।

उनले भने, ‘अहिले पनि गतवर्षझैं करको दर हेरफेर भएको कुरा आयो । तर, त्यसमा हामीले प्रश्न उठाएपछि अर्थमन्त्रीबाट जवाफ पनि आयो । त्यसको लगत्तै सत्तापक्षका माननीयहरुले भन्नुभयो। एमालेतर्फ लक्षित गरेर हामीले कुनै कर्मचारी नियुक्ति गरेको होइनौं । कसले गरेको थियो ? भनेर हामीमाथि प्रश्न पनि गरियो ।’ उनले एमालेलक्षित गरेर जनतामा भ्रम पार्न खाजेकोप्रति आपत्ति जनाए ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  २ : २३ बजे