Logo

मुख्य समाचार

समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणी सुवेदी



काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा बिश्वमणी सुबेदी चयन भएका छन् ।  शनिबार राति सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा तिर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, काेषाध्यक्षमा कृपा भण्रडारीलगायत निर्वाचित भएका छन् ।

सो संगठनको प्रथम राष्ट्रिय अधिवेसनको गत शुक्रवार उदघाटन भएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ८ : ०६ बजे