Logo

मुख्य समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको हो ।

बिहीबार प्राप्त मूल्यसूची अनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर ७ रुपैयाँ घटेर आएको छ । खाना पाकाउने ग्याँसका मूल्य सिलिण्डरमा ४९ रुपैयाँले घटेर आएको छ ।

पेट्रोल तथा डिजेलको मूल्य सामान्य बढेर आएपनि नेपालमा हालको मूल्य यथावत् राख्ने तयारी रहेको निगमले जनाएको छ । नयाँ मूल्यपछि १५ दिनमा निगम एक अर्ब ७५ करोड रुपैयाँ नाफामा छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ८ : ५० बजे