काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविनै नेपाली राष्ट्रिय क्रिकेट टीम दक्षिण अफ्रिका प्रस्थान गरेको छ । सन्दीपविरुद्ध विचाराधीन नाबालिका बलात्कार मुद्दामा मंगलबार पनि अन्तिम फैसला नहुँदा उनी टिमसँगै दक्षिण अफ्रिका जान पाएनन् ।
न्यायाधीश शंकरबहादुर राईको इजलासले पीडितको तर्फबाट अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनको सुनुवाइ गरेपछि मात्र मूल मुद्दाको फैसला हुने बताएपछि आजको पेसी रोकिएको हो ।
जिम्बाब्वेमा हुने विश्वकप छनोट आगामी असार ३ देखि २४ गतेसम्म हुँदैछ । नेपाल रहेको समूह ‘ए’ मा आयोजक जिम्बाब्वेसँगै, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् ।
प्रतिक्रिया