काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन नसक्ने बताएका छन् ।
संसद भवनमा प्रतिक्रिया दिंदै अध्यक्ष ओलीले बजेटले आर्थिक संकट दर्शाए पनि समाधान नदिएको बताएका हुन् । उनले भने, ‘बजेटले संकट दर्शाउँछ तर संकटको समाधान केही पनि दिंदैन ।’
अध्यक्ष ओलीले सरकारले ल्याएको बजेटको बारेमा विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने पनि बताए ।
प्रतिक्रिया