काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी जेलमुक्त भएका छन् । अहिले बिहान उनी रिहा भएका हुन् । कैलालीको टीकापुर ‘नरसंहार’का मुख्य योजनाकार मानिएका चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि आज बिहान रिहा भएका हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई रिहा गर्ने निर्णय गरेको थियो । उनले पाँच वर्ष तीन महिना जेलसजाय काटेका थिए । उनले अब बाँकी १४ वर्ष ९ महिना जेल सजाय छुट भएको छ ।
प्रतिक्रिया