काठमाडौँ । टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रहेको अभियोगमा जेलमा रहेका रेशम चौधरीको कैद सजाय माफी दिने निर्णयविरुद्धको रिट समय अभावका कारण आइतबार दर्ता हुन सकेन ।
राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका चौधरीको कैद सजाय माफी दिएकै दिन टिकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गणतन्त्र दिवसको अवसर पारेर चौधरीको सजाय माफी दिएका हुन् ।
प्रतिक्रिया