Logo

Breaking News 1

नक्कली भुटानी शरणार्थी प्रकरण : सोमबार प्रतिवेदन बुझाउने प्रहरीको तयारी



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले भोलि मात्र प्रतिवेदन बुझाउने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अनुसार आजै प्रतिवेदन बुझाउने भनिएपनि अनुसन्धानको केही काम बाँकी रहेका कारण भोलिमात्रै बुझाइने बताइएको हो ।

समयको चाप र मुद्दाको गाम्भीर्यताका कारण प्रतिवेदन आएपछि चौबीसै घण्टा नै काम गरेर निर्धारित समयमै अदालतमा मुद्दा दायर गर्ने तयारी जिल्ला वकिल कार्यालयको छ । यस प्रकरणमा पक्राउ परेकाहरूलाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

अदालतले यसअघि दिएको म्याद सकिएपछि आइतबार पुनः अदालतमा पेश गरिएको थियो । यस घटनामा मुछिएसँगै पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाँणसहित १६ जना प्रहरी हिरासतमा छन् ।

थप १७ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यस घटनामा कम्तीमा ३३ जनालाई मुद्दा चलाउनु पर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ८ : ४५ बजे