काठमाडौं । पोल्याण्ड पठाउने भन्दै अवैध रुपमा सेमिनार चलाउन खोज्ने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बेलारुसका दुइ नागरिकलाई काठमाडौंको मेरियट होटलबाट पक्राउ गरेको हो । उनीहरुले रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै सेमिनारको आयोजना गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलले सामाजिक सञ्जाल टिकटक मार्फत विज्ञापन गर्दै पोल्याण्ड लैजानका लागि करिब ५ हजार नेपालीलाई भेला गर्ने तयारी गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
५ हजार नेपाली नागरिकलाई भेला गरेर सेमिनार चलाउने विषयमा कुनैपनि सरकारी निकायलाई जानकारी नगराएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया