Logo

Breaking News 1

लगातार १० घण्टामा सकियो बालकृष्ण खाँणको वयान



काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहसँग साँठगाँठ गरेको आरोप लागेर पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सकिएको छ।

सरकारी वकिल कार्यालय काठमाडौंमा सरकारी वकिलको रोहबरमा प्रहरीले लगातार १० घण्टा वयान लिएको हो । उनको बयान राति साढे ९ बजे सकिएको जनाइएको छ ।

खाँणको बयान मंगलबार बिहान साढे ११ बजेदेखि सुरू भएको थियो । त्यस बेलादेखि सुरू भएको बयान निरन्तर बेलुकी साढे ९ बजेसम्म भएको हो ।

प्रहरीले सोमबार नै खाँणको वयान शुरु गरेको भएपनि अस्वस्थ भएको भन्दै डेढ घन्टा मात्रै बयान लिइएको थियो । अब पूर्वसभासद आङटावा शेर्पाको बयान लिन बाँकी रहेको र उनको बयान बुधबार लिएर अनुसन्धान प्रतिवेदन तयार गर्नेछ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  १० : ०३ बजे