काठमाडौँ । सरकारले जेठ ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार सरकारले जेठ ५ गते संसदमा नीति तथा कार्यक्रम पेश गर्ने भएको हो । संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने संवैधानिक व्यवस्था छ ।
त्यसअघि जेठ ४ गते प्रधानमन्त्री दाहालले संसदमा प्रश्नात्तर गर्ने तयारी छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संसदका दुबै सदनको संयुक्त बैठकमा विनियोजन विधेयक पेश गर्नुपर्छ ।
प्रतिक्रिया