काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आलोचना गरेका छन् ।
भुटानी शरणार्थी प्रकरणमा सांसदहरु नै प्रदर्शनमा आउनु गलत रहेको भन्दै उनले जनताले मत दिएर नेता बनाएको काम गर्नका लागि भएको टिप्पणी गरेका हुन् । उनले भ्रष्टाचारविरुद्धको आन्दोलन नभई त्यसविरुद्ध नीति बनाउन सांसदहरुलाई जनमत दिएको समेत स्मरण गराएका छन् ।
सडक प्रदर्शनलाई नाटक भन्दै बालेनले भनेका छन्,‘यस्तो सडक नाटक धेरै देखीसक्यो हाम्ले । पत्याउदिन म चाहि । तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।’
प्रतिक्रिया