काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँणबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्दैछ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा पदाधिकारीसहित पूर्वपदाधिकारीलाई पनि बोलाइएको छ ।
यसअघि बुधबार बसेको पदाधिकारी बैठकमा पनि खाणका बारेमा छलफल भएको थियो । बुधबारको बैठकमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए ।
प्रतिक्रिया