Logo

Breaking News 1

बालकृष्ण खाँणलाई म्याद थपका लागि अदालत लगियो



  • काठमाडौं । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

बिहान पक्राउ परेका उनको स्वास्थ्य परीक्षण गरेर म्याद थपका लागि अदालत लगिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो ।

प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेसहितको वयानका आधारमा पूर्वगृहमन्त्री खाँण पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ३ : ३५ बजे