काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छन् । अमेरिकी लेखक इ. जिन क्यारलले ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार र मानहानी गरेको आरोप लगाउँदै दायर गरेको मुद्दामा सुनुवाई गर्दै अमेरिकी अदालतले ट्रम्पलाई दोषी ठहर गरेको हो ।
मुद्दामा फैसला गर्दै मंगलबार म्यानहटन ज्यूरीले ट्रम्पलाई दोषी ठहर गरेको हो । ट्रम्पविरूद्ध लागेको बलात्कारको आरोप भने ज्युरीले खारेज गरिदिएको छ ।
यौन दुर्व्यवहार र मानहानीमा दोषी ठहर भएपछि ज्युरीले पीडितलाई पाँच मिलियन डलर क्षतिपूर्ति दिन आदेश गरेको छ।
क्यारोललगायत दर्जनौं महिलाहरूले ट्रम्पविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर गरेका भएपनि ट्रम्पले भने आफूमाथि लगाइएको आरोप खण्डन गर्दै आइरहेका छन् ।
ज्युरीको आदेशविरुद्ध अपिल गर्ने ट्रम्पको सचिवालयले जनाएको अमेरिकी सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।
प्रतिक्रिया