Logo

मुख्य समाचार

माधव नेपाल र बामदेव गौतमबिच पार्टी एकताबारे छलफल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र नेता गौतमबीच भेटवार्ता भएको हा । भेटवार्तामा समसामयिक राजनीतिक विषय, समान विचार भएका वामपन्थी शक्तिबीचको एकताबारे भइरहेका प्रयासबारे छलफल भएको विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

भेटवार्ताका क्रममा अध्यक्ष नेपालले बलियो कम्युनिष्ट शक्ति निर्माणका क्रममा पार्टी रहेकाले एकताका लागि प्रस्ताव गरेका थिए । जवाफमा नेता गौतमले एकताका लागि आफू सकारात्मक रहेकाले आफ्नो समूहबाट छलफल गरी छिट्टै निर्णय लिने जानकारी गराएको खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ८ : १० बजे