Logo

मुख्य समाचार

शरणार्थी प्रकरणमा एमालेविरुद्ध प्रहार भएको अध्यक्ष ओलीको आरोप



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा एमालेविरुद्ध नियोजित रुपमा प्रहार भएको आरोप लगाएका छन् ।

सोमबार ललितपुरमा राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शरणार्थी प्रकरणमा केही मान्छेहरुलाई बदनाम गर्ने, भ्रष्टहरुलाई जोगाउने र एमालेमाथि नियोजित रुपमा प्रहार गर्ने काम भएको आरोप लगाएका हुन् ।

उनले एमालेले कसैको दोषलाई ढाकछोप नगर्ने तर एमालेमाथि षडयन्त्र भयो भने प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् । प्रधानमन्त्रीले नै आफुलाई दुई पटक भेट्न बोलाएको र भेटपछि भ्रष्टहरुलाई जोगाउन दबाब दिएको भन्दै प्रधानमन्त्रीले गलत अफवाह फैलाएको उनले आरोव लगाए ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ८ : ४७ बजे