काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो शहनसिलताको समय सकिएको घोषणा गरेका छन् ।
फेसबुकमा स्टाटस लेख्दै महामन्त्री थापाले अब सहनसक्ने क्षमता सकिएको भन्दै अति भएको टिप्पणी गरेका हुन् । उनले भनेका छन्,‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो १’
महामन्त्री थापाको यस्तो अभिव्यक्तीपछि कांग्रेसका नेताहरु तरंगित बनेका छन् । सभापति शेरबहादुर देउवाले मन्त्री छनोटमा एकलौटी निर्णय गरेको विषयमा कांग्रेसभित्र अहिले गम्भिर मतान्तर देखिएको छ । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालाई जानकारी नदिई मन्त्री पठाएको चर्चा कांग्रेसभित्र चलिरहेको छ ।
यता भुटानी शरणार्थी प्रकरणबारे गम्भिर विषय सतहमा आएका बेला महामन्त्री थापाको यस्तो अभिव्यक्तीलाई गम्भिरताका साथमा लिइएको छ । अब अति भयो भनेका थापाको आगामी रणनीत के होला भन्ने चासो शुरु भएको छ ।
प्रतिक्रिया