Logo

मुख्य समाचार

राष्ट्रपतिदेखि वडाध्यक्षसम्मको तलवबाहेक अन्य सुविधा कटौती गर्न गगन थापाको माग



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सुविधा कटौती गर्नुपर्ने बताएका छन् ।

नेपाल वितरक सङ्घको ११ औँ वार्षिक साधारणसभालाई धादिङबेँसीमा सम्बोधन गर्दै महामन्त्री थापाले विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने बताए ।

‘सांसदले तलब पाउँछ, संसद् बैठक बसेको बेला सांसदहरूले बैठकभत्ता पाउँछ । त्यो ठूलो पैसा छैन । तर यो वर्ष अप्ठयारो परेको वर्ष भएकाले सांसदले हामी यसरी प्राप्त गरिरहेको सेवा सुविधा कटौती गर्छौं भनेर लाग्यौँ भने बल्ल देशभित्रको आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्नेछ,’ उनले भने ।

आर्थिक हिसाबले देश अप्ठ्यारो परेको वर्ष भएकाले राष्ट्रपतिदेखि सांसद हुँदै वडाध्यक्षसम्म सबैले अन्य सुविधा कटौती गरेर देशको अप्ठ्यारो फुकाउनेतर्फ लाग्नु पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : ३० बजे