Logo

मुख्य समाचार

सिम्रिक एयरका सम्पूर्ण उडानमा रोक


२२ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सम्पूर्ण उडानमा रोक लगाएको छ ।

शुक्रबार हेलिकप्टर दुर्घटनामा परेपछि प्राधिकरणले सिम्रिकका सबै उडानमा रोक लगाएको हो । सिम्रिकले सबै विमानहरूको विस्तृत रूपमा निरीक्षण गराएपछि मात्रै उडान शुरु हुने प्राधिकरणले बताएको छ ।

शुक्रबार दिउँसो अरूण तेस्रो जलविद्युत आयोजनाको सामग्री बोकेर गएको सिम्रिक एयरको हेलिकप्टर संखुवासभाको भोटेखोला गाउँपालिका–४ सिप्रुङमा दुर्घटनामा परेको थियो ।

हेलिकप्टरमा चालक सुरेन्द्र पौडेलसहित पाँचजना सवार थिए । तर, उनीहरूमध्ये एकजनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : २० बजे