Logo

मुख्य समाचार

बानेश्वरबाट प्रहरीका लेखापाल दुई लाख रुपैयाँ घुससहित पक्राउ



काठमाडौं । जिल्ला प्रहरी कार्याल महोत्तरीका लेखापाल विनोद विष्ट  दुईलाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । बानेश्वरको एक रेष्टुरेन्टबाट उनलाई घुस रकम र चेकसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका अनुसार उनको साथबाट घुसबापत सेवाग्राहीसँग लिएको ५० हजार नगद र एक लाख रुपैयाँको चेक बरामद गरिएको छ । भवन निर्माणसम्बन्धी विषयमा घुस रकम र चेक लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ६ : १४ बजे