काठमाडौं । नेपाली कांग्रेसले महासमिति सदस्य चितवनका शंकरप्रसाद कँडेलको मृत्यु सम्बन्धमा छानविन गरेर कार्बाही गर्न माग गरेको छ ।
वैशाख १९ गते साँझ सुसाइड नोट लेखेर कँडेलले आत्महत्या गरेको र ‘सुसाइड नोट’मा छोडेको, आरोपित दोषीलाई पक्राउ गरी कानूनी कारवाही गर्न जिल्ला प्रहरी कार्यालय चितवनमा परिवारजनले किटानी जाहेरी दर्ता गरेको भएपनि दोषी पक्राउ गर्न कुनै तत्परता नदेखाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा घटनाको यथार्थ छानविन गरेर दोषीलाई कडा कानूनी कार्वाही गर्न समेत कांग्रेसले माग गरेको छ ।
प्रतिक्रिया