काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल अघि बढाउने भएको छ ।
आज बसेको नेकपा माओवादी केन्द्रको अनौपचारिक पदाधिकारी बैठकले रास्वपालाई सरकारमा ल्याउन सकारात्मक रहेको र सरकारलाई वलियो बनाउने विषयमा छलफल भएको हो ।
बैठकमा सहभागी माओवादी केन्द्रका सचिव गणेश शाहले रास्वपा र जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भएको बैठकपछि जानकारी दिए ।
प्रतिक्रिया