काठमाडौं । सरकारले ७ जना सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव सरुवा गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयका सचिव तोयम रायलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको सरकारले अर्थ सचिवमा अर्जुन पोखरेललाई सरुवा गरेको छ ।
त्यस्तै झण्डै एक महिनाअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सरुवा भएका सचिव बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा व्यवस्थापन गरिएको छ ।
राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ भने नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने काममा संलग्न रहेको आरोप लागेर पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अतिरिक्त समूहमा राखिएको छ ।
प्रधानमन्त्री कार्यालयका सुमन अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई राष्ट्रपतीको कार्यालय सरुवा गरिएको छ ।
प्रतिक्रिया