काठमाडौं । ग्याँस विस्फोटपछि भएको आगलागीमा जलेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारी साढे दुई महिना भारतमा उपचारपछि स्वदेश फर्किएका छन् ।
आइतबार नेपाल एयरलाइन्सको नियमित उडानमार्फत् उनी नेपाल आएका हुन् । विमानस्थलमा नेता भण्डारीले उपचारमा सहयोग गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
भण्डारीले नेपालमा आगलागीबाट हुने घटनाहरु कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न कानून निर्माणमा पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । ‘त्यसैले मेरो अभियान हुनेछ, कुनै नेपालीले आगोमा जल्नुनपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस्’ भण्डारीले स्वदेश फर्केपछि जारी गरेको प्रेस नोटमा भनेका छन् ।
प्रतिक्रिया