काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएसँगै आइतबार डिस्चार्ज हुने भएका छन् । भारतस्थित नेपाली दूतावासले आइतबारसम्म उनी डिस्चार्ज हुने जानकारी दिएको हो ।
स्वास्थ्यमा समस्या आएसँगै केही दिनदेखि राष्ट्रपति पौडेलको भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा राम्रो सुधार आएको चिकित्सकहरूले जनाएको दुतावासले बताएको छ ।
प्रतिक्रिया