Logo

समाचार

कोरोनाका कारण थप एक जनाको मृत्यु



काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार एक हजार २३८ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएको हो । यही अवधिमा थप ३५ जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ । यसमध्ये २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने आठ जना आईसीयू र १ जना भेन्टिलेटरमा छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ८ : २५ बजे