Logo

मुख्य समाचार

मिटर ब्याज पीडितलाई उजुरी दिन सरकारको आह्वान



काठमाडौँ । मिटर ब्याजसम्बन्धी छानबिन आयोगले पीडितलाई उजुरी दिन आह्वान गरेको छ । मिटर ब्याज पीडितको माग सम्बोधन गर्न भन्दै आयोगले उजुरी दिन आह्वान गरेको हो ।

सरकारले गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले प्रारम्भिक काम सुरु गरिसकेको र आगामी १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना गरेर कार्यसञ्चालन गर्ने जनाएको छ ।

पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाणसहित अनलाइनबाट सीधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ७ : ३९ बजे