Logo

मुख्य समाचार

चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, केहीदिनमा नेपाल फर्कने



काठमाडौं । ग्याँस सिलिण्डर विस्फोट भएर भारतमा उपचाररत कांग्रेस नेता डाक्टर चन्द्र भण्डारीको स्वास्थ्य अबस्थामा उल्लेख्य सुधार आएको छ ।

मुम्बईमा उपचाररत डाक्टर भण्डारीको स्वास्थ्य अबस्थामा सुधार आएसँगै केही दिनमै नेपाल फर्कने बताइएको छ । भण्डारीको सचिवालयका अनुसार आगलागीबाट जलेको अनुहारमा ८५ प्रतिशत सुधार भएको छ ।

भण्डारीले बाँकी उपचार नेपालमै गर्ने भन्दै तत्काल नेपाल फर्कन चाहेपनि चिकित्सकको परामर्शका आधारमा अझै केहीदिन भारतमै उपचार हुने जनाइएको छ । सिलिण्डर विस्फोट हुँदा घाइते भएकी भण्डारीकी आमा हरिकला भण्डारीको भने निधन भइसकेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ८ : ०० बजे