काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयभित्र राजनीतिक कार्यक्रमहरु गर्न प्रतिबन्ध लगाएको छ ।
सबै विद्यालयहरुलाई परिपत्र गर्दै महानगरपालिकाले काठमाडौंका कुनै पनि विद्यालयमा राजनीतिक दल र भातृ संगठनका कार्यक्रम नगर्न निर्देशन दिएको हो ।
महानगरपालिकाले केही विद्यालयमा राजनीतिक दल र भातृ संगठनका कार्यक्रमहरु भएको प्रमाणसहित उजुरी प्राप्त भएको भन्दै विद्यालयभित्र यस्ता कार्यक्रम गर्न नदिन विद्यालयहरुलाई निर्देशन दिएको छ ।
अनुगमनका क्रममा विद्यालयमा दलका कार्यक्रम भएको पाइए प्रधानाध्यापकमाथि विभागीय कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया