काठमाडौँ । सरकारले विदेश अध्ययन गर्न जानेमाथि लगाएको कडाईबाट पछि हटेको छ ।
शिक्षा मन्त्रालयले निर्देशिका जारी गर्दै स्नातक वा सोभन्दा माथिल्लो तहका लागि मात्र विदेश पढ्न जान पाउने व्यवस्था गरेको थियो । बुधबार सार्वजनिक भएको निर्देशिकामा डिप्लोमा र एडभान्स डिप्लोमा पढ्नका लागि एनओसी नदिने विषय समावेश छैन ।
कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा गर्न विदेश जानेलाई एनओसी नदिने निर्णय गरेको सरकारले चौतर्फी आलोचना भएपछि निर्णय फिर्ता लिएको हो ।
प्रतिक्रिया