Logo

धर्म / संस्कृति

रातो मच्छिन्द्रनाथको रथजात्रा शुरु



काठमाडौँ । वर्षा र सहकालका देवता मानिने रातो रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ ।

सोमबार ललितपुरको पुल्चोकबाट मंगलबजारको गाःबहालसम्म रथयात्रा सुरु गरिएको हो ।

पुल्चोकमा रथारोहण गराएपछि शुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि समापन हुन्छ ।

उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको यस जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भई असार शुक्ल चौथीमा समाप्त हुन्छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : ०० बजे