Logo

मुख्य समाचार

बारा र चितवनको मतगणनामा ढिलाई



काठमाडौं । उपचुनाव भएको बारा र चितवनमा आजबाट मतगणना शुरु हुँदैछ ।

तनहुँमा मतगणना शुरु भइसकेको भएपनि बारा र चितवनमा भने आज शुरु हुन लागेको हो । बारा र चितवनमा केहीबेरमा सर्वदलीय बैठक बसेर मतगणना शुरु गर्ने तयारी छ ।

मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : ५१ बजे