Logo

मुख्य समाचार

तनहुँमा आजै मतगणना शुरु हुने सम्भवावना न्यून



काठमाडौं । तनहुँमा ६३ हजार ७ सय ५७ मत अर्थात् ५१.७ प्रतिशत खसेको छ ।

निर्वाचन कार्यालय तनहुँका अनुसार सबैभन्दा बढी मत व्यास नगरपालिकामा खसेको छ । यहाँ ४० हजार ४ सय ४९ हजार मतदाता रहेकोमा २२ हजार ४ सय २५ मत खसेको हो । आबुखैरेनीमा ६ हजार ७ सय ६९ मत, देवघाटमा ५ हजार ८ सय ५४ मत, बन्दिपुरमा ७ हजार ८ सय ३० मत, भानु नगरपालिकामा २० हजार ८ सय ७९ मत खसेको छ ।

मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट साँझदेखि नै मतपेटिका संकलन शुरु भएको छ । अहिलेसम्म २५ वटा केन्द्रबाट मतपेटिका संकलन भइसकेको भएपनि सबै स्थानबाट मतपेटिका ल्याउँदा १२ बज्ने सम्भावना रहेको कार्यालयले जनाएको छ ।

मतपेटिा संकलनमा ढिलाई भएपछि सोमबार बिहानबाट मात्र मतगणना शुरु हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ९ : ०० बजे