चितवन । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा मतदान शुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको हो ।
नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार रहेपनि लामिछाने र न्यौपानेले भने मतदान गर्न पाउँदैनन् ।
कांग्रेसका श्रेष्ठले शक्तिखोरको चर्तुमुखी माध्यामिक विद्यालयबाट मतदान गरेका छन् । गत निर्वाचनबाट निर्वाचित रास्वपाका सभापति समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका छन् ।
प्रतिक्रिया