Logo

अर्थ

१० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू, लगानी बढ्ने अपेक्षा



काठमाडौं । सरकारले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गरेको छ ।

उद्योग विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालमा १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको जानकारी दिएको हो ।

विभागले विदेशी लगानी प्रक्रिया सरल र सहज बनाउन प्रचलित कानुन बमोजिम कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृतका सेवा स्वचालित बनाउने व्यवस्था गरेको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ९ : ३६ बजे