काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।
आफ्नो भारत भ्रमणको तयारीका लागि पनि प्रधानमन्त्री दाहालले कांग्रेसका तर्फबाट एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन् । नेपाली कांग्रेसका नेताहरुका अनुसार आज दिउँसो साउँदले सपथ लिनेछन् ।
साउँदलाई परराष्ट्रमन्त्री बनाउने तयारी भएपनि मन्त्रिमण्डलले पुर्णता पाउन अझै केही समय लाग्ने देखिएको छ । कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको सुची नबुझाएका कारण मन्त्रिमण्डल विस्तारमा समस्या आइरहेको छ ।
प्रतिक्रिया