Logo

खेलकुद

अभ्यास खेलमा ओमनमाथि नेपालको सानदार जीत



काठमाडौं । नेपालले अभ्यास खेलमा ओमानमाथि सानदार जित निकालेको छ । एसीसी प्रिमियर कपको तयारीका लागि भएको अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको ओमानले नेपाललाई २४७ रनको मध्य लक्ष्य दिएको थियो । ओमनले दिएको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालको जितमा तीन जना ब्याट्सम्यानहरुले अर्धशतकीय पारी खेले । ओपनर अर्जुन साउदले ६७ ,कप्तान रोहित पौडेलले ५८ र दीपेन्द्रसिंह ऐरीले ५९ रन बनाए । कप्तान पौडेल रिटार्यड हर्ट हुँदा कुशल मल्लले ब्याटिङको मौका पाएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ९ : २४ बजे