Logo

मुख्य समाचार

सांसद श्रेष्ठ दोषी देखिए ७२ घण्टाभित्र कारबाही गर्ने लामिछानेको भनाई



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सांसद् ढाकाकुमार श्रेष्ठ अडियो प्रकरणमा दोषी देखिए ७२ घण्टाभित्र कारबाही गर्ने बताएका छन् ।

बाराको गढीमाईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले दोषी देखिए सांसद पदबाट बर्खास्त गरेर उनको ठाउँमा अर्को सांसदलाई प्रवेश गराएको दृश्य सञ्चारमाध्यमबाट हेर्न पाउने बताए ।

उनले एक घण्टाभित्रै सांसद श्रेष्ठलाई स्पष्टीकरण सोधेर छानबिन शुरु गरिएको समेत बताएका छन् । उनले भने,‘७२ घण्टाभित्र छानबिन गरेर कारबाही अघि बढाउन अल्टिमेटम दिएको छु, देशका भ्रष्टाचारका काण्डहरु ७२ वर्षदेखि अल्झिएका होलान् । मलाई मतलब छैन । तर, हाम्रो पार्टीभित्र प्रश्न उठेपछि प्रश्नको निराकरण हुन्छ, ७२ घण्टाभित्र छानबिन सकिन्छ ।’

अडियोमा आफ्ना वरपरका मान्छेले मागेको भनिएको भन्दै उनले भनेका छन्, ‘तिनलाई तपाईंका आँगनमा सडकमा घिसारेर ल्याउन सकिन छु भने तपाईंले भनेको कारबाही भोग्न तयार छु ।’

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : ०९ बजे