Logo

मुख्य समाचार

आकस्मिक समयमा बोल्दै गर्दा सभामुखले सांसद बलायरलाई रोके



काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोलिरहेका नेपाली कांग्रेसका सांसद् वीरवहादुर बलायरलाई सभामुखले रोकेका छन् । उनले आकस्मिक समयमा उठाएको विषय सान्दर्भिक नभएको भन्दै सभामुख घिमिरेले रोकेका हुन् ।

बलायरले बैठकमा सुदुरपश्चिमको राजधानीलाई केन्द्रीय सरकारले भोगाधिकार दिन नसकेको भनिरहँदा उनको भनाइ सभामुखले रोकेका हुन् । आकस्मिक समयमा अघिल्लो बैठक र आजको बैठकको बिचको घटना वा विषयमा मात्र उठान गर्न पाइने भएकाले बलायरलाई सभामुखले बिचैमा रोेकेका हुन् ।

 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १ : ५९ बजे