काठमाडौं । नेकपा एमालेले नेता भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ ।
शनिबार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले नेता रावल पार्टीको विधि र विधान विपरित चलेको निष्कर्ष निकाल्दै संवादका लागि पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा पार्टीका सचिव तथा सुदुरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सदस्य रहनु भएको वार्ता टोली गठन गरेको हो ।
एमालेले आफ्नै नेतासँग वार्ता गर्न टोली नै गठन गरेपछि अब रावलमाथि कारबाही प्रक्रिया समेत शुरु भएको छ । रावल नसच्चिए कारबाही गर्ने संकेत यसअघि नै एमाले उपाध्यक्ष विष्णु पौडेलले गरिसकेका थिए ।
प्रतिक्रिया