Logo

मुख्य समाचार

लाइन लागेर वालुवाटार पुगे मिटरव्याज पीडित



काठमाडौं । आन्दोलनका लागि काठमाडौं आएका मिटरव्याज पीडितहरु प्रधानमन्त्री भेट्न वालुवाटार पुगेका छन् ।

सरकारले गठन गरेको वार्ता समितिसँग छलफल गरिरहेका पीडितहरुको चाहनाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्न उनी वालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीले छलफलको लागि बोलाएपछि पीडितहरू हिँडेरै बालुवाटार पुगेका हुन् । मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बोलाएका हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : ४८ बजे