Logo

Breaking News 1

मन्त्रिपरिषद् विस्तार शुक्रबार हुने



काठमाडौं । शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबारमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

बिहीबार राती अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा मन्त्रालय भागबण्डाका बारेमा पुर्ण सहमति नभएपछि मन्त्रिपरिषद् विस्तारको मिति शुक्रबारका लागि तय भएको हो ।

यसअघि बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्नेगरी छलफल शुरु भएको थियो । अहिलेसम्म गठबन्धमा आवद्ध दलहरुले पाउने मन्त्रालयको करिब टुङ्गो लागेको छ । अब शुक्रबार बिहान एक चरण छलफल गरेर दिउँसोसम्म शपथ ग्रहण हुनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ९ : ४७ बजे