काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५१५ जना कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको छ । लेखा प्रमुख, प्रशासन प्रमुख, जलविद्युत कम्पनीहरुका नेतृत्वदेखि हेल्परसम्मका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरिएको छ ।
सहनिर्देशक गणेशदत्त भट्टलाई तनहुँ हाइड्रोपावर लिमिटेडमा, सहनिर्देशक डोलनाथ कँडेललाई कार्यकारी निर्देशकको सचिवालयमा, बसन्त कुमार ढुंगानालाई केन्द्रीय भुक्तानी महाशाखामा र शोभा पौडेललाई नियुक्ति सिफारिस महाशाखामा सरुवा गरिएको छ ।
यसैगरी प्रबन्धक हरिकुमार श्रेष्ठलाई स्ट्रक्चरल डिजाइन महाशाखाबाट तनहुँ हाइड्रोपावर लिमिटेडमा सरुवा गरिएको छ । कतिपयलाई काज फिर्तासमेत गरिएको छ ।
प्रतिक्रिया