काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्ने तयारी गरिएको छ ।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
शनिबार बसेको सत्ता साझेदार १० वटा दलको बैठकले विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको थियो । सरकारले गएको फागुन २५ गते उक्त विधेयकलाई संघीय संसद सचिवालयमा दर्ता गरेको थियो ।
यो विधेयक संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न बनेको विधेयक हो ।
प्रतिक्रिया