Logo

Breaking News 1

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी


२५ फाल्गुन २०७९, बिहिबार  

1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन् । संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले प्रदेशतर्फ सात हजार ७७६ र संघतर्फ सात हजार ७४२ गरी कुल १५ हजार ५१८ मतभार पाए । अहिले कायम रहेकी राष्ट्रपति विद्या भण्डारी दुई कार्यकाल राष्ट्रपति बनिन् । मुलुकको प्रथम राष्ट्रपति नेपाली कांग्रेसका तत्कालीन महामन्त्री डा. रामशरण यादव बनेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ५ : ०९ बजे