Logo

Breaking News 1

उदयपुरमा सघिंय साम्सद खड्काको पहलमा नि:शुल्क स्वास्थ्य शिविर सन्चालन


१६ फाल्गुन २०७९, मंगलबार  

1.2k
Shares

उदयपुर। उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ का संघिय सांसद डा.नारायण खड्काको पहल तथा लुम्बिनी गार्डेन फाउण्डेशन स्पेन नेपालको समन्वयमा जिल्लाको बेलाका नगरपालिका र चौदण्डीगढी नगरपालिकामा दुई दिने नि शुल्क स्वास्थ्य शिविर सन्चाल भएको छ।


सांसद खड्काको पहलमा युरोपियन मुलुक स्पेन स्थित मेडरिड अस्पतालका बिशेषज्ञ डाक्टर सहित काठमाडौ स्थित स्टार अस्पताल र धरान स्थित बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानका बिशेषज्ञ चिकित्सक सहितको टोलिले शिविरमा करिब २ हज्जार बिरामीहरुको परीक्षण गरिएको डा. खड्काको निजी सचिवालयले जनाएको छ।

शिविर बेलाका नगरपालिका र चौदण्डीगढी नगरपालिकाको सहयोगमा यही फाल्गुन १४ र १५ गते संचालन भएको सांसद खड्काले जानकारी दिनु भएको छ। युरोपियन मुलुक स्पेन स्थित मेडरिड अस्पताल, काठमाडौ स्थित स्टार अस्पताल र धरानको बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानका महिला तथा स्त्रीरोग, बालबालिका, क्यान्सर, मुटु, नाक कान घाटी रोगका बिशेषज्ञ चिकित्सक द्वारा बिरामीहरुको ‘निःशुल्क रुपमा’ स्वास्थ्य परिक्षण गरिएको थियो ।

दुई दिने शिविर बेलका नगरपालिकाको नगर अस्पातलमा र चौदण्डीगढी नगरपालिकाको वडा नं. ६ सातधारे स्थित कोभिड अस्पातलमा संचालन भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ३ : ४७ बजे