काठमाडौं । यू–१९ क्रिकेट विश्वकपको एसिया छनोटमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित हासिल गरेको छ । खेलमा ओपनरद्वय दीपक बोहरा र अर्जुन कुमालले पहिलो विकेटका लागि ७३ रनको अविजित साझेदारी गरे । युनाइटेड अरब इमिरेट्स ९यूएई०मा जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो ।
मंगलबार टस हारेपछि फिल्डिङमा उत्रिएको नेपालका लागि दीपेश कँडेलले चार विकेट लिँदा मलेसिया ७२ रनमै समेटिएको थियो । ७३ रनको झिनो लक्ष्य नेपालले नौ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा ग¥यो । नेपालको जितमा दीपक २९ बलमा आठ चौकासहित ३८ रनमा अविजित रहे । अर्का ओपनर अर्जुन २५ बलमा तीन चौकासहित २१ रनमा अविजित रहे ।
प्रतिक्रिया